काठमाण्डौमा जमिन खन्ने क्रममा निस्कियो ग्याँसको मुस्लो , स्थानीय त्रसित — OSNepal

काठमाण्डौमा जमिन खन्ने क्रममा निस्कियो ग्याँसको मुस्लो , स्थानीय त्रसित

LC (KTM) November 17, 2021 0

नेपाल प्राकृतिक सम्पदाले एकदमै धनी देश मानिन्छ । नेपाल भित्र थुप्रै खानीहरु रहे पनि यसको राम्रो संग सदुपयोग हुन सकेको छैन । काठमाडौंमा ग्याँसको खानी रहेको धेरै घटनाहरुले पुष्टि गर्दै आईरहेको छ । यसैक्रममा राजधानीको कागेश्वरी मनोहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किए पछि दिनभर त्यहाँ मान्छेहरुको भिड नै लाग्यो ।

स्थानीयले घर निर्माणका लागि बोरिङ खन्ने क्रममा आज कागेश्वरी मनोहरा ९ को सुन्दर चोकमा ग्यास निस्किएको हो। खन्ने बित्तिकै ग्याँसको मुस्लो नै निस्किए पछि सबै जना डराएका थिए । दिउँसो १२ बजेबाट निस्किएको ग्याँस राती सम्मै निस्किरहेको छ । खनेको समय देखी ४ घण्टा सम्म सुख्खा ग्यास मात्र निस्किएको स्थानीयले बताएका छन् ।

४ बजेदेखि भने हिलोसमेत निस्किएको छ। ग्याससँग हिलो र ढुंगा समेत निस्किएको छ । जसका कारण आसपासका घरका मानिसहरु त्रसित बनेका छन्। भू गर्भ विभागबाट आएका प्रतिनिधिहरूले यसबारे कुनै प्रतिक्रिया नदिई फर्किएका छन् । उनीहरुले आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर