कानुन मन्त्रीमा नियुक्त गरिएको नेकपा एसका चन्द्रबहादुरले लिए कृषि मन्त्री सपथ — OSNepal

कानुन मन्त्रीमा नियुक्त गरिएको नेकपा एसका चन्द्रबहादुरले लिए कृषि मन्त्री सपथ

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ ग्रहण लिएका छन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । आज साँझ नै सपथ ग्रहण गरेका उनलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी भएपनि उनले आफुलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर सोही मन्त्रालय दिएको बताइएको छ ।

मुख्यमन्त्री जीवन बहादुर शाहीले चन्द्रबहादुरलाई कानुन मन्त्रीमा नियुक्त गरेको भएपनि अन्तिममा आएर कृषि मन्त्रीमा सपथ लिएका हुन् । उनी नेकपा एकिकृत समाजवादीका नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर