काबुलमा पासपोर्ट जारी प्रक्रिया रोकियो — OSNepal

काबुलमा पासपोर्ट जारी प्रक्रिया रोकियो

LC (KTM) December 27, 2021 0

काबुल, अफगानिस्तान-तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ । केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था पाजोकलाई आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार राजधानीमा तत्कालका लागि पासपोर्ट वितरण रोकिएको पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले शनिबारदेखि काबुलबाट पासपोर्ट वितरण गर्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ ।” अन्य प्रान्तमा भने पासपोर्ट वितरणको प्रक्रिया नरोकिने उहाँले बताउनुभएको पाजोक अफगान न्युजले जनाएको छ । यसअघि तालिबानले अफगान पासपोर्ट आवेदकहरूले भीडलाई व्यवस्थित गर्न अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको पनि जनाएको थियो ।

अगस्तको मध्यतिर अशरफ गनीको पलायनपछि र तालिबानको नेतृत्वमा ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’ घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको बताएका थिए ।

तालिवान समूहले पूरानो सत्ता र नयाँ सत्ताको आभास नहुने गरी सबैसँग सहकार्य गर्दै न्योचितरूपमा शासन सत्ता समाल्ने बताए पनि उनीहरूको भनाइ र कार्यशैलीमा भिन्नता रहेको बताउँदै विदेश पलायन हुने नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर