काम गरेको पैसा नदिने निर्माता लाई नायिका तथा मोडल पारमिता राणाको आयो कडा चेतावनी , नाम सार्वजनिक गर्ने धम्कि — OSNepal

काम गरेको पैसा नदिने निर्माता लाई नायिका तथा मोडल पारमिता राणाको आयो कडा चेतावनी , नाम सार्वजनिक गर्ने धम्कि

LC (KTM) December 28, 2021 0

काम लगाएर पारश्रमिक नदिने परम्परा नेपाली सिने जगतमा अझै पनि रहेको छ । धेरै अभिनेता तथा अभिनेत्रीहरुले आफुले पाउनु पर्ने पारश्रमिक पाएका छैनन् । निर्माताले अनेक बाहाना बनाएर पारश्रमिक नदिने गरेको गुनासो स्यंम कलाकारहरु बाटै बेला बेलामा आइरहने गरेको छ । यसैक्रममा नायिका तथा मोडल पारमिता राणा पनि यहि समस्या बाट पिरोलिएकी छिन् ।

उनले पारिश्रमिक नदिइ काम लगाउने निर्माताहरुको सामाजिक सञ्जाल मार्फत नाम सार्वजनिक रिदिने धम्कि समेत दिएकी छिन् । उनले यस्तो चेतावनी आफ्नो इन्स्टाग्राम मार्फत दिएकी हुन् । उनले इन्ष्टामा लेखेकी छिन् मैले अहिलेसम्म काम गरेका सबै जसो प्रोजेक्टबाट ढिलो गरिन नै पारिश्रमिक पाएकी छु। आफूले काम गरेको पैसा माग्नलाई सधैँ घिड्घिडाउनु पर्ने ।

म उनीहरुको यस्तो ब्यवहारले दिक्क भइसकेँ र अब पनि मेरो कामको पारिश्रमिक ढिला भयो भने म उहाँहरुको नाम सार्वजनिक नै गर्दिन्छु।’ पारमिताले आफूलाई यसरी प्रस्तुत हुन परेकोमा दुख लागेको समेत बताएकी छिन् । त्यतिमात्र हैन उनले यस फिल्डमा आउन चाहने नयाँ पुस्तालाई यस्तो दुरासयपुर्ण अवस्थाको लागि तयार भएर आउन पनि आग्रह गरेकी छन्।

पारमिताले चपली हाइट २, चङ्गा चैट, रोज, कर्मा लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय बलिउड फिल्म उचाइमा समेत उनले अभिनय गर्ने मौका पाएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर