कार भित्र यस्तो हर्कत गरेपछि एकाएक चर्चामा आइन अभिनेत्री शाह — OSNepal

कार भित्र यस्तो हर्कत गरेपछि एकाएक चर्चामा आइन अभिनेत्री शाह

LC (KTM) January 03, 2022 0

पाकिस्तानकी चर्चित अभिनेत्री अलिजेह शाह आजकाल गलत कारणले चर्चामा छिन् । अभिनेत्री कारमा धुम्रपान गरिरहेको देखिएकी छिन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सार्वजनिक स्थानमा धुम्रपान गरेको भन्दै मानिसहरूले अलिजेहलाई गाली गर्न थालेका छन् । सामाजिक सञ्जालमा धेरैले अभिनेत्रीलाई ट्रोल समेत गरेका छन् ।

भिडियोमा अलिजेह कारको अगाडिको सिटमा बसेर धुम्रपान गरिरहेको देख्न सकिन्छ । उनी आफ्ना साथीहरूसँग चिल मुडमा देखिएकी छिन् । यसै क्रममा कसैले अभिनेत्रीको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियो सार्वजनिक भए लगत्तै मानिसहरुको कमेन्टको बाढी आएको छ । अलिजेहलाई चुरोट पिउदै गर्दा धेरैले मिम्स समेत बनाएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्,– पाकिस्तानी केटीहरु नारीवादको प्रवर्धनमा निकै अगाडि बढेका छन् । तिनीहरूले युरोपेली संस्कृतिलाई पूर्ण रूपमा अँगालेका छन्, चाहे त्यो पोशाक होस् वा तिनीहरूको जीवन शैली। अर्का प्रयोगकर्ताले अलिजेहको मेम बनाउँदै लेखेका छन्–वर्ष २०२१ को ध्यान खिच्ने व्यक्ति अलीजेह शाह हो । इन्स्टाग्राम बाहेक ट्वीटरमा धेरै मिम्स पनि भाइरल भएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्–उनी क्यूट छिन् तर इस्लामिक होइनन् । अर्का प्रयोगकर्ताले लेखेका छन्–जति उनीहरू नाटकमा राम्रा पात्रहरू खेल्छन्, वास्तवमा उनीहरूको जीवन त्योभन्दा बढी हुन्छ । अर्काले सिधै लेखेका छन्,–उसले चरस पिइरहेको छ । अर्का एकजनाले लेखेका छन्,– जबदेखि यिनको ब्रेकअप भयो, उनले आफ्नो व्यक्तित्व बिगारेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर