किन आफ्नै पार्टी प्रति गगनको गुनासो, भन्छन्, अब पनि पार्टी नसुध्रिए समाप्त नै हुन्छ — OSNepal

किन आफ्नै पार्टी प्रति गगनको गुनासो, भन्छन्, अब पनि पार्टी नसुध्रिए समाप्त नै हुन्छ

LC (KTM) December 07, 2021 0

काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी प्रति अशन्तुष्ट बनेका छन् । थापाले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अब पनि पार्टी नसुध्रिए समाप्त नै टिप्पणी गरेका छन् ।

कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध आम जनतालाई गराउनुपर्ने बताएका उनले कांग्रेसले चुनाव भन्दा पनि परको अवस्था हेर्नुपर्ने बताएका छन् ।

कांग्रेस कसले बिगायो र कसले सुधार्ने भन्ने मात्र होइन भन्दै थापाले भने, ‘किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रने भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ । कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ। ‘

उनले अघि थपे, ‘हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरुलाई जोडिने वातावरण सिर्जन गर्नु आवश्यक रहेको थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर