किन खाने गर्भवती महिलाले अण्डा ? — OSNepal

किन खाने गर्भवती महिलाले अण्डा ?

LC (KTM) November 17, 2021 0

काठमाडौं । गर्भावस्थमा गर्भवती महिलाले खानमा किनै ध्यान दिनुपर्ने हुन्छ । खानपान राम्रोसँग ध्यान दिन नसकिए महिला र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरुले बताउने गर्छन ।गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरुःअण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइने हुँदा गर्भवती महिलाले खानु आवश्यक छ ।

अण्डाले गर्भमा रहेको बच्चाको हरेक कोशिकाहरु निर्माणमा सहयोग गर्छ । तथा गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भु्रणको राम्रोसँग विकाश हुन पाउँछ ।अण्डामा सबै १२ थरी भिटामिनका पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकाशलाई बढावा दिन्छ । साथै बच्चामा मानसिक समस्या हुने जोखिमलाई कम गर्नुको साथै मस्तिष्क विकासमा भरपूर सहयोग गर्छ ।

दैनिक सामान्य अवस्थामा भन्दा दुई देखि तीन सय सम्म थप क्यालोरी आवश्यक पर्ने हुँदा आमा र गर्भको बच्चा दुबैको लागि अण्डा अपरिहार्य छ । एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ ।

सावधान स् झाडापखाला, वान्ता, फुड प्वाइजनिंग भएको बेलामा भने अण्डा खानु हुँदैन । साथै पाचन प्रक्रिया कमजोर भएका महिलाले पनि चिकित्सकको सल्लाह लिएर मात्रै अण्डाको खानु बुद्धिमानी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर