किम कर्दाशियां बन्न लागिन् उर्फी जाभेद , पारदर्शी लुगामा बक्षस्थल देखाउँदै एयरपोर्टमा देखिए पछि भईन् ट्रोल — OSNepal

किम कर्दाशियां बन्न लागिन् उर्फी जाभेद , पारदर्शी लुगामा बक्षस्थल देखाउँदै एयरपोर्टमा देखिए पछि भईन् ट्रोल

LC (KTM) November 22, 2021 0

बिग बोस ओटीटीकी प्रतिष्पर्धी समेत रहेकी अभिनेत्री उर्फी जाबेद जहिल्यै पनि एकदमै फरक लुक्समा देखिन थालेकी छिन् । उर्फीलाई फेशन स्टण्टका लागि एकदमै खतरा मानिने गरेको छ । तर उनलाई राम्रो फेसन सेन्स लाई लिएर नभई एकदमै अजीब र अनौठो खालको फेसन गर्नेको रुपमा चिनिने गरिएको छ ।

सधै आफ्नो लुक्सलाई लिएर ट्रोल हुने उर्फी जाबेद अब किम कर्दाशियां बन्ने सपना देखिरहेकी छिन् । उर्फी जाबेद आएका दिनमा मुम्बई एयरपोर्टमा देखिने गरेकी छिन् । उनी कहाँ र केका लागि भ्रमण गर्छिन् कसैलाई थाहा हुदैन । तर उनको आउटफिट अर्थात लुगामा भने पैपराजीहरुको आँखा सधै पर्ने गरेको छ । यतिबेला उर्फी किम कर्दाशियांको जस्तो आउटफिट लगाएर एयरपोर्ट पुगेकी थिईन् ।

उर्फी एयरपोर्टमा कालो लुगामा देखिएकी थिईन् । उनले हाई वेस्ट ब्ल्याक पेन्टको साथमा शीयर टप लगाएकी थिईन् । यस टपले केही पनि ढाकेको छ भनेर भन्ने अवस्था थिएन । उर्फीलाई यो आफ्नो लुक्स यति मन पर्यो कि यसलाई पेपराजी संग फ्लन्ट गरिरहेकी थिईन् । उनले पेपराजीको अगाडी धेरै पोज दिएकी थिईन् ।

उनले भिडियो समेत बनाएकी थिईन् । अहिले उनको फोटो र भिडियो भाइरल भएको छ । उनको यो ड्रेसलाई लिएर फ्यानहरुले मज्जाक उडाएका छन् । एक युजरले हाँस्दै लेखेका छन्– यो ड्रेसको नाम बताउनुहोस् कसैले मलाई । एक जना युजरले लेखेका छन्– यी को हुन् ? यीनले यो के लगाएको ? कसले यीनको प्रमोट गर्छ म छक्क पर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर