कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? यस्तो छ समाधान — OSNepal

कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? यस्तो छ समाधान

LC (KTM) November 19, 2021 0

काठमाडाै जाडो मौसममा अधिकांश मानिसको कुर्कुच्चा फुट्ने समस्या हुन्छ । कतिपयले कुर्कुच्चा फुट्यो भन्दै ढुंगामा रगेड्ने वा पानीमा भिजाएर धारिलो बस्तुले निकाल्ने पनि गरेको पाइन्छ । कुर्कुच्चा फुटेमा यसो गर्नु समाधानको राम्रो उपाय होइन । बरु यस्तो गर्दा छालामा थप असर पुग्न जान्छ ।

त्यसैले कुर्कुच्चाको स्यहार गर्ने केही उपायहरु यस्ता छन् ।

पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ । हरेक रात पहिले खुट्टालाई राम्ररी सफा गर्ने र कुनै पनि फुट क्रिम लगाउने र कटनको कपडाले राम्ररी पुच्छने ।
पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चमा लगाउने । त्यसलाई १० देखि १५ मिनेटसम्म राख्ने । त्यसपछि धुने ।
सातामा एकपटक सुत्नुअघि मनतातो पानीमा कागतीको रस समसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने । त्यसपछि कुनै क्रिम लगाउने ।
दिनुहँ खुट्टा धोएपछि ग्लिसरिन र गुलाब जलको मिश्रण खुट्टा रक कुर्कुच्चमा लगाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर