कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा : स्वास्थ्य मन्त्रालय — OSNepal

कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा : स्वास्थ्य मन्त्रालय

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । आज आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आएको जानकारी दिएको हो ।

स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा नियन्त्रणमा आएको भन्दै मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । हाल झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित रहेका छन् । ८१९ जना भने निको भइसकेका मन्त्रालयले जनाएको छ ।

हालसम्म चार जनाले झाडापखालाबाट ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर