केजीएफ २ को निर्माण पक्ष संग आमिर खानले यसरी माफी मागे , माफी माग्नुको कारण यस्तो रहेछ — OSNepal

केजीएफ २ को निर्माण पक्ष संग आमिर खानले यसरी माफी मागे , माफी माग्नुको कारण यस्तो रहेछ

LC (KTM) November 24, 2021 0

आमिर खान स्टारर फिल्म लाल सिंह चड्डा तथा यशको बहुप्रतिक्षित फिल्म केजीएफ २ को रिलिज डेट १४ अप्रिल तय गरिएको छ । हालै आमिर खानले आफ्नो रिलिज डेटको लागि केजीएफका निर्माता संग माफी मागेका छन् । आमिर तथा करीना कपुर खान स्टारर फिल्म लाल सिंह चड्डाको रिलिजलाई लिएर फ्यानहरु एकदमै प्रतिक्षारत रहेका छन् ।

इण्डियन एक्सप्रेसको रिर्पाेट अनुसार आमिरले यस फिल्मको रिलीजलाई लिएर एक नयाँ खुलासा गरेका छन् । आमिरले बताएका छन् कि उनले केजीएफ निर्माता तथा स्टार यश संग यो कुरालाई लिएर माफि मागेका छन् । किनकी उनले केजीएफ २ को रिलीजकै दिन आफ्नो फिल्म लाल सिंह चड्डाको पनि रिलिजको घोषणा गरेका छन् ।

हालै एक अन्र्तबार्तामा आमिरले बताएका छन् कि फिल्ममा भिजुअल इफेक्ट्सका कारण यो पुरा हुनका लागि निक्कै समय लागि रहेको छ । आफुहरु संग २ वटा अप्सन रहेको कि त चाँडो फिल्म पुरा गर्नु पर्यो कि त क्वालिटीमा कामलाई फोकस गर्दै केही समय लिनुपर्ने । त्यसैले मैले फिल्मलाई पोष्टपोण्ड नै निर्णय लिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर