के भयो टिभि सिरियलकी अभिनेत्री रश्मि देसाईलाई ?'बिग बोस १५ मै' प्रतीकसँग पर्यो लफडा — OSNepal

के भयो टिभि सिरियलकी अभिनेत्री रश्मि देसाईलाई ?’बिग बोस १५ मै’ प्रतीकसँग पर्यो लफडा

LC (KTM) November 30, 2021 0

बिग बोस १५ मा वाइल्ड कार्ड प्रतिष्पर्धीहरुको प्रबेश संगै घरवालाहरुको गेम पुरै उलट पुलट भएको छ । अब सबै पावर घरका नयाँ ४ भिआइपी प्रतिष्पर्धीहरु संग रहेको छ । आफ्नो पावरको फाईदा उठाउँदै चारै जना भिआइपीद्धारा घरवालाहरुको हाउस ड्युटी छुट्याई दिएका छन् तर घरवालाहरुलाई यो मन्जुर नभएपछि भिआइपी तथा ननभिआइपी बीच एकदमै हंगामा मच्चिरहेको देख्न पाइएको छ ।

शो को प्रोमो भिडियोमा देख्न सकिन्छ रश्मि देसाई प्रतीक सहजपाललाई चपिंग तथा लिबिंग रुमको सफाईको ड्युटी दिन्छिन् । तर प्रतिकले आफु चपिंग गर्ने बताउँछन् । प्रतीकको कुरा सुनेर रश्मि भड्किन्छीन र भन्छिन्– लिबिंग रुममा के सफाई हुन्छ रु रश्मीले गफ गर्दा बोल्दा दिमाग प्रयोग गर्दैनस् भन्दै हप्काउँछिन् ।

त्यतिमात्र हैन प्रतिकलाई बैल बुद्धि भन्दै उर्लिन्छिन् । प्रतीकले पनि म बैल बुद्धि हु भने तिमी त मात्रै बैल हौ भन्छन् । त्यस्तै रश्मि निशान्त र तेजस्वी संग पनि भड्किएको प्रोमो मा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर