कैट्रिना र बिक्की कौशल जुटे बिबाहको तयारीमा , यसरी धुमधाम संग गर्दैछन् बिबाह — OSNepal

कैट्रिना र बिक्की कौशल जुटे बिबाहको तयारीमा , यसरी धुमधाम संग गर्दैछन् बिबाह

LC (KTM) November 20, 2021 0

बलिउडका यतिबेला सबैभन्दा चर्चित टपिक नायिका कैट्रीना कैफ र नायक बिक्की कौशलको बिबाह रहेको छ । भारतीय संचार माध्यमहरुको दाबी अनुसार उनीहरुले डिसेम्बरमा जोधपुरको एक आलिशान फोर्टमा बिबाह गर्ने तयारी गरिरहेका छन् । आमदर्शकहरु यो जोडीको आधिकारीक बिबाहको घोषणाको एकदमै धेरै प्रतिक्षा गरिरहेका छन् ।

आशा छ कि यो कपलले चाँडै नै आफ्नो सेक्रेट वेडिंग अफेयरलाई सबै माझ राख्ने छन् । इण्डिया टुडेका अनुसार कैट्रीना कैफ र नायक बिक्की कौशल चाँडै नै आफ्नो बिबाहको घोषणा गर्दैछन् । यो जोडीको बिबाह मिति मात्र हैन हरेक कुराको जानकारी पाउनका लागि फ्यानहरु आतुर देखिएका छन् । यो जोडीले जोधपुर स्थित सिक्स सेन्स बरवाडा फोर्टमा आफ्नो बेस्ट डे मनाउने भएका छन् ।

यहि ठाउँमा उनीहरुको बिबाह हुने पक्का भएको हो । उनीहरुको बैबाहि कार्यको लागि गाडी समेत बुकिंग भईसकेको बताइएको छ । उनीहरुले पाहुनालाई बिभिन्न सुबिधाको ब्यवस्था समेत गरिसकेका छन् । कैट्रिनाले आफ्नो बिबाहको लागि लुगाको तयारी पनि सुरु गरिसकेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर