कोटेश्वस्थित एक खाजा घरमा किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको अभियोगमा खाजा घर सञ्चालक पक्राउ — OSNepal

कोटेश्वस्थित एक खाजा घरमा किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको अभियोगमा खाजा घर सञ्चालक पक्राउ

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । कोटेश्वस्थित एक खाजा घरमा एक किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–४ घर भएका खाजा घर सञ्चालक ५२ वर्षीय नेत्रलाल ज्ञवाली रहेका छन् ।

गत वैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया ति किशोरीलाई खाजा घरमा बन्धक बनाई जवरजस्ती अन्य व्यक्तिसँग शारिरि सम्बन्ध राख्न लगाउने तथा वरपरका गेस्ट हाउसमा लगेर दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उक्त घटनामा संलगन अन्य दुई जनाको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ज्ञवालीलाई भने कात्तिक १७ गते नै पक्राउ गरी अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर