कोठाभित्रै टिकटक बनाएर भाईरल भएका दिलिप र सुनिता,पहिलो पटक मिडियामा, वास्तविक सम्बन्ध यस्तो रहेछ (हेर्नुहोस् भिडियो) — OSNepal

कोठाभित्रै टिकटक बनाएर भाईरल भएका दिलिप र सुनिता,पहिलो पटक मिडियामा, वास्तविक सम्बन्ध यस्तो रहेछ (हेर्नुहोस् भिडियो)

LC (KTM) November 24, 2021 0

टिकटकमा यतिबेला आफ्नो नृत्य कला देखाएर निकै नै भाईरल एक जोडी छन्, दिलिप ओखेडा र सुनिता पौडेलको । आफ्नो डान्स इन्टिच्युटको प्रमोशनको लागि उनीहरुले टिकटक खोलेका थिए ।

यि दुईले बिभिन्न गीतहरुमा ग्ल्यामरस नृत्य गरेपछि सबैले मन पराउन थाले र उनीहरु चर्चामा रहे । दिलिप एक नृत्य निर्देशक हुन् भने सुनिता उनकैमा नृत्य सिक्न आएकी थिईन् र उनीहरुले सल्लाह गरेर टिकटकमा जोडी बने ।

हालसम्म लाखौं फलोअर्स कमाईसकेका सुनिता र दिलिपलाई सबैले रियल नै जोडी हो कि भन्ने ठान्छन् तर त्यसो होईन् । दिलिप बिवाहित हुन् र उनको एक छोरी पनि छिन् । छोरीको साथमा सुरुका दिनहरुमा भिडियो बनाउने गर्ने दिलिप पछि सुनितासँग टिकटकको लागि जोडी बने ।

यता दिलिपकी श्रीमती पनि यि दुईको कलालाई स्विकार्दै हौसला दिन्छिन् । आफुहरुलाई बजारमा हिड्दा पनि धेरैले चिन्ने गरेको अनुभव सुनिताले सुनाईन् । टिकटकमा चर्चा कमाएपछि यि दुईले २ वटा म्युजिक भिडियोमा पनि अभिनय गरिसके । हेर्नुहोस शिशिर भण्डारीसँग यि दुईको रमाईलो कुारकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर