कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवालाई २० महिनापछि पुनः प्रवेश गराउने — OSNepal

कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवालाई २० महिनापछि पुनः प्रवेश गराउने

LC (KTM) November 15, 2021 0

रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।
कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा ९स्पेसल ईपीएस टपिक २०२१० को लागि आवेदन खुला भएको हो ।

यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । परीक्षाको नतिजा १ पुसदेखि ७ गतेसम्म प्रकाशित हुने जनाइएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

कोरिया जान ईपीएस अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधि भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर