कोरिया खोलामा आएको बाढीले बगाएर टुकबहादुरको मृत्यु — OSNepal

कोरिया खोलामा आएको बाढीले बगाएर टुकबहादुरको मृत्यु

LC (KTM) October 19, 2021 0

उदयपुर, २ कात्तिक – आज बिहानदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका– ५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले एक ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बाढीले बगाएर मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । खड्का आज बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो भने खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ ६ः३० बजे एक किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको प्रहरीले बताएको छ ।

अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भएको जिल्ला प्रहरी उदयपुरले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर