कोरोनाले विथोलिँदै शैक्षिकसत्र, चैतमा पूरा हुन मुस्किल — OSNepal

कोरोनाले विथोलिँदै शैक्षिकसत्र, चैतमा पूरा हुन मुस्किल

LC (KTM) November 22, 2021 0

काठमाडौं । दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन हुन थालेका हुन् ।

सरकारको मापदण्डलाई आधार भान्ने हो भने अब पाँच महिनामा शैक्षिकसत्र सकिन्छ । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिकसत्र चैत मसान्तमै सक्ने सोच बनाएको छ । एक महिनाको अवस्थालाई हेरेर मात्र शैक्षिकसत्रको बारेमा बोल्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सूचना अधिकारी माधवप्रसाद दाहालले बताउनुभयो । ‘पुस मसान्तसम्म विद्यालयले कति पाठ्यक्रम सक्छन् हेरौँ ,त्यसपछि मात्र शैक्षिकसत्रलाई चैतमै सकेर वैशाखदेखि नयाँ सत्र सुरु गर्ने वा जेठ मसान्तसम्म लाने भन्ने विषयमा छलफल हुन्छ,’ दाहालले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्र चैतमै सकिन्छ भनेर भन्न नसकिने बताउनुभएको छ । ‘हामीले यस वर्षको शैक्षिकसत्र चैत मसान्तसम्म सक्ने त भनेका हौँ तर एक–डेढ महिनापछि मात्र शैक्षिकसत्र कहिले सकिन्छ भनेर भन्न सकिन्छ,’ शर्माले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर