बलिउडमा एकपछि अर्को गर्दै कलाकारमा कोरोना पोजेटिभ देखिएको छ । तर, उनीहरु पनि छिटो निको भइरहेका छन् । केही दिनअघि नोरा फतेहीमा कोरोना पोजेटिभ आएको खबर चर्चामा आएको थियो । अब, इन्स्टाग्राममा एक पोस्ट मार्फत फ्यानहरूलाई खुसीको खबर दिँदै अभिनेत्रीले अन्ततः आफुलाई कोरोना नेगेटिभ आएको बताएकी छिन् ।
उनि अहिले पूर्णतया ठीक रहेकि छिन् , तर बल र ऊर्जा अझै आउन बाँकी छ। नोराले लेखेकी छिन्,–नमस्कार साथीहरू, म अन्ततः कोरोना नेगेटिभ भएँ। प्रार्थनाको लागि सबैलाई धन्यवाद। मलाई सुन्दर सन्देशहरू पठाउनुहुने मानिसहरूलाई धन्यवाद, यो मेरो लागि धेरै गाह्रो समय हो। म छिट्टै काममा फर्कनेछु।
उसको लागि, पहिले मैले आफ्नो शक्ति र ऊर्जा फिर्ता ल्याउनुपर्छ, यो नयाँ वर्षमा, म शक्तिका साथ काम गर्न चाहन्छु। सबै साथीहरू सुरक्षित रहनुहोस्।ूनोरामा कोरोना पोजेटिभ आएपछि अभिनेत्री हालै एउटा कार्यक्रममा गएकी थिइन्, जसमा उनी धेरैको सम्पर्कमा आएकी थिइन् भन्ने हल्ला चलेको थियो । तर, सामाजिक सञ्जालमा भाइरल भएका तस्विरहरु धेरै अघिका हुन् ।