कोरोना बढ्दै गएपछि सार्वजनिक कार्यक्रम र जमघट प्रतिबन्ध — OSNepal

कोरोना बढ्दै गएपछि सार्वजनिक कार्यक्रम र जमघट प्रतिबन्ध

LC (KTM) December 30, 2021 0

मुम्बई १५ पुस -मुम्बइमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ ।

भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो । रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।

यहाँ पनि पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु बढेका पाइएको छ । गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएका छन् ।( सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर