यसकारण कोरोना महामारीमा पनि बढिरहेको छ सेयर बजार — OSNepal

यसकारण कोरोना महामारीमा पनि बढिरहेको छ सेयर बजार

LC (KTM) May 24, 2021 0

काठमाडौँ । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको तीन साता पूरा भइसकेको छ। महामारी सामान्य रूपमा नियन्त्रणतर्फ गइरहेको आभास भए पनि अझै ढुक्क हुने अवस्था छैन। निषेधाज्ञाका कारण अधिकांश आर्थिक गतिविधि ठप्पजस्तै भइरहेको बेला सेयर बजार भने निरन्तर बढ्दो छ।

महामारीकैबीच आइतबार सेयर परिसूचक मापक नेप्सेले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ। यतिखेरै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर कात्तिकमा निर्वाचनको घोषणासमेत गरेका छन्।

प्रधानमन्त्रीको सोही निर्णयलाई लिएर विपक्षी राजनीतिक दलले विरोध समेत गरिरहेका छन्। एकातिर कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको र अर्कोतर्फ राजनीतिक अन्योलता बढेको बेला नेप्सेले नयाँ रेकर्ड बनाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्।याे खबर आजकाे नागरिक दैनिकमा छ ।

साताको पहिलो दिन आइतबार नेप्से ३२.८१ अंक बढेर २८२० विन्दुमा पुग्यो। यो अहिलेसम्मकै उच्च विन्दु हो। यस दिन नेप्सेको उच्च विन्दुसँगै उच्च रकमको समेत कारोबार भएको छ। दुई करोड ५१ लख ६३ हजार कित्ता सेयरको खरिदबिक्री हुँदा ११ अर्ब ६९ करोड ५० लाख रूपैयाँ भन्दा बढीको सेयर कारोबार भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर