कोरोना महामारी घट्यो भनिरहेका बेला फेरी कोरोना संक्रमण बढ्न थाल्यो , अस्ट्रियामा सोमबारदेखि पूर्ण लकडाउन — OSNepal

कोरोना महामारी घट्यो भनिरहेका बेला फेरी कोरोना संक्रमण बढ्न थाल्यो , अस्ट्रियामा सोमबारदेखि पूर्ण लकडाउन

LC (KTM) November 19, 2021 0

बिश्वभर बाट कोरोना महामारी घट्यो भनिरहेका बेला फेरी कोरोना संक्रमण बढ्न थालेको छ । बिशेष गरेर पश्चिमी युरोपका देशहरुमा कोरोनाको संक्रमण दर बढेर गएको हो । यसैक्रममा युरोपेली मुलुक अस्ट्रियाले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा नै गरेको छ । यो लकडाउन सबैका लागि भएको चान्सलर एलेक्जेन्डर सालेनबर्गले बताएका छन् ।

कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसहरूलाई लकडाउन गरेको केही दिनपछि अस्ट्रियाले सबैको लागि लकडाउन गर्ने घोषणा गरेको हो । चान्सलर सालेनबर्गले लकडाउन धेरैमा २० दिन सम्ममा अन्त्य हुने बताएका छन् । त्यस्तै उनले सन् २०२२ को फेब्रुअरी १ बाट खोप लगाउन समेत आवश्यक रहेको बताएका छन् ।

अस्ट्रिया पश्चिम युरोपमा कम खोप लगाउने देशमा पर्छ । संक्रमणमा वृद्धि भए संगै अरू धेरै यूरोपेली देशहरूले प्रतिबन्धहरू लागु गर्न सुरु गरेका छन् । कोरोनाको पाँचौँ लहर आफुहरुले नचाहेको सालेनबर्गले बताए । पछिल्लो तथ्याङ्कहरूले गत हप्ता प्रति १ लाखमा करिब ९९० जनालाई कोभिड संक्रमण भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर