कोरोना संक्रमण बढ्दै गएपछि दाङको ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालय बन्द — OSNepal

कोरोना संक्रमण बढ्दै गएपछि दाङको ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालय बन्द

LC (KTM) January 07, 2022 0

दाङ २३ पौष । कोरोना संक्रमण बढ्दै गएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएको छ ।

शिक्षक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार पौष २५ गते देखि ३ गतेसम्म विद्यालय बन्द गरिने भएको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछाने जानकारी दिएका हुन् ।

आज शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठकले उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गते सम्म बन्द गर्ने निणर्य गरेको हो ।

उपमहानगरपालिकाले जारी गरेको सूचना;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर