कोरोना संक्रमण बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा थप — OSNepal

कोरोना संक्रमण बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा थप

LC (KTM) May 21, 2021 0

नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले. एक साता निषेधाज्ञा थप गरेको छ । बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भएको छ ।

उहाँले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको राससलाई बताउनु भयो । जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले राससलाई जानकारी दिनु भएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर