कौसी खेतीमा रमाउँदै काठमाडौँका अधिकारी, भन्छन् 'कौसीखेती गरेको हेर्न घरमा धेरै मानिस आउँछन्' — OSNepal

कौसी खेतीमा रमाउँदै काठमाडौँका अधिकारी, भन्छन् ‘कौसीखेती गरेको हेर्न घरमा धेरै मानिस आउँछन्’

LC (KTM) January 04, 2022 0

विगत छ वर्षदेखि कौसीखेती गर्दै आउनुभएका तारकेश्वर नगरपालिका– १० का पुरुषोत्तम अधिकारी कौसीमा लगाएको रायोको साग टिप्दै । आफूले गरेको कौसीखेती हेर्न धेरै मानिस घरमा आउने गरेको उहाँ बताउनुहुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ः उम्मेदवार दर्ता सम्पन्न-राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदै छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सवै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर