क्याट्रिनाले गरेकी थिइन ‘चिकनी चमेली’ बोलको गीतमा निशुल्क नृत्य,त्यसपछि पाइन कार उपहार — OSNepal

क्याट्रिनाले गरेकी थिइन ‘चिकनी चमेली’ बोलको गीतमा निशुल्क नृत्य,त्यसपछि पाइन कार उपहार

LC (KTM) December 30, 2021 0

एजेन्सी-बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् । सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन्।उनि मेकअप विना पनि उतिकै सुन्दरी देखिने गर्दछिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् ।

फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ ।सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् । उनले चलचित्र अग्निपथमा आइटम डान्स गरेकी थिइन् । चिकनी चमेली बोलको गीतमा कैटरिनाले आइटम डान्स गरेकी हुन् ।

उक्त गीतलाई धेरैले रुचाए पनि तर यो गीतको लागि क्याटरिनाले कुनै पनि पारिश्रमिक भने लिएकी हैनन् बलिउडका कलाकारहरु एक फिल्म खेलेबापत करोडौं पारिश्रमिक लिने गर्छन्। तर यो गीत हिट भएका कारण करण जोहरले क्याटरिनालाई फरारी कार गिफ्ट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर