क्यानडा जान चाहेका तर उपयुक्त समयको पर्खाइमा रहेका बिद्यार्थीहरुलाई खुशीको खबर — OSNepal

क्यानडा जान चाहेका तर उपयुक्त समयको पर्खाइमा रहेका बिद्यार्थीहरुलाई खुशीको खबर

LC (KTM) December 03, 2021 0

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सल्ट्यान्सीले जुम फेयर कार्यक्रम सम्पन्न गरेको छ । करिब ५ सय बिद्यार्थीं र अविभावकहरु उपस्थित कार्यक्रममा कोरोना लहरको दोश्रो लकडाउन, क्यानडामा विद्यार्थीहरुको चाप, स्थायी बसोबासमा आहिलेसम्मकै उल्लेखनीय आवेदन संख्या, क्यानडामा हालसालै सम्पन्न निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएको, साथै कोरोना भाइरसको नयाँ भ्यारिन्ट ओमीक्रोनले क्यानाडामा अध्ययनगर्न चाहने विधार्थीहरु पार्न सक्ने प्रभाव लगायातका विषयहरुमा छलफल भएको थियो ।

सो अवसरमा गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिक परामर्शकर्ता शतिष भट्टले पछिल्लो समय अध्ययन गर्नका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरु भारतको नयाँ दिल्लीस्थित क्यानडा अध्यागमनमा आवेदन दिएर ४ देखि ८ महिनासम्म भिसा निर्णय प्रतिक्षा गरेर बसेको जानकारी दिए । गोरेटो कन्सल्टेन्सीका अर्का काउन्सेलर धीरज कंडेलका अनुसार छोटो समयमा गोरेटोबाट उल्लेखनीय भिषा नतिजाका पछाडि गोरेटोको अनुभवी र दक्ष कार्य सदस्यहरुका सामूहिक कार्य योगदानका साथै गोरेटोको पहिलो प्राथमिकतामा विद्यार्थी आवेदन तयार पर्दा विद्यार्थीको सही प्रोग्राम चयन, भिसा अफिसरलाई विद्यार्थीको क्षमता विश्वास दिलाउनसक्ने एसओपी, साथै आवेदनसँग बुझाउने कागजपत्रहरुको विश्वसनीयता तथा सम्पूर्ण प्रक्रियाको उचित समयावधिका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा क्यानडा जान इच्छुक बिद्यार्थी तथा उनीहरुका अविभावकले खास चासो देखाएका थिए । क्यानडाको पछिल्लो भिसा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रविणता बढी जोड दिएको जस्तै आइएलटिएस ६।५ वा ६ र पिट्रिई स्कोर ओभरअल ६० हुनुपर्ने तर, एकेडेमिक भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका आवेदनहरुमा पनि लचिलो देखिएको छ ।

पछील्लो समय क्यानाडा अध्यागमनले नेपालबाट बुझायीएका अध्ययन भिषा आवेदनहरुको निर्णय दिन शुरु गरेको छ। यो साता मात्र धेरै नेपाली विधार्थीहरुले क्यानाडामा अध्ययन गर्ने अनुमती प्राप्त गरेको काउन्सेलर कंडेलले जानकारी दिएका छन । बिश्वव्यापी कोरोनको महामारीले अष्ट्रेलिया लगायत अन्य यूरोपियन मुलुकमा अन्तरास्ट्रिय विधार्थीहरुलाई अध्ययन गर्न जान अजै असहज भएको अवस्थामा क्यानाडाले भने अन्तरास्ट्रिय विधार्थीहरुको सवालमा थोरै लचिलो देखिएको छ । पछिल्लो अवस्थामा अध्ययन भिषा प्राप्तगरेका विधार्थीहरु खोपको र क्वारेन्टिनको मापडण्ड पुरागरी क्यानाडा प्रवेश गरिराखेका छन भने सम्भाब्य कोरोनको नयाँ भ्यरिएन्टको प्रभावको समयमा क्यानाडा अध्ययन भिसा प्राप्तगरी क्यानाडा प्रवेश गर्न कठिन भएको खन्डमा विधार्थीहरुले अन्लाईन अध्ययन गर्न सक्ने र क्यानाडामा अध्ययन पछी अन्तरराष्ट्रिय विधार्थीहरुले प्राप्त गर्ने सबै खालका सुविधाहरुको लागि योग्य रहनेकुरा क्यानाडा अध्यागामनले जनाएको छ ।

क्यानाडामा विभिन्न प्रान्तहरुले अन्तरास्ट्रिय विधार्थीहरुलाई लक्षित गरी नयाँ आप्रवासी रणनिती बनाएको छ । यसै क्रममा न्यू ब्रुन्सविकमा बिभिन्न १९ शैक्षिक प्रोग्रामहरुमा अध्ययन पुरा गरेकालाई अप्रिल १, २०२२ का मिती बाट लागु हुने गरी पाईलट आप्रवासी निती लागु गरेको गोरेटीका काउन्सेलर सतिश भट्टले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर