क्यान्सरबाट बचाउने कागती बोक्राको यी हुन् १० फाइदै फाइदा — OSNepal

क्यान्सरबाट बचाउने कागती बोक्राको यी हुन् १० फाइदै फाइदा

LC (KTM) December 05, 2021 0

काठमाडौं । कागती भन्ने वित्तिकै अधिकांश मानिसको मुखमा पानी आउँछ । कागतीको रस अमिलोको रुपमा मात्रै प्रयोग गरिँदैन स्वास्थ्यका लागि पनि सहयोग गर्छ । कागतीको रस मात्रै होइन बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कागतीको बोक्राले विभिन्न स्वास्थ्य समस्या समाधान गर्छ ।

१. कोलेस्ट्रोल घटाउँछ– यसले कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ ।

२. मुटुलाई राख्छ स्वस्थ– कागतीको बोक्रामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्दछ। सहि रक्तचापले हाम्रो मुटुलाई पनि स्वस्थ राख्दछ । यसका साथै कागतीको बोक्राले हाम्रो मुटुलाई धड्कनलाई सहि मात्रामा राख्ने गर्दछ भने मधुमेहबाट पनि टाढा राख्दछ ।

३. मुखको स्वास्थयलाई पनि राख्छ सहि– मुखको स्वास्थयलाई ठिक ठाउँमा राख्नका लागि कागती निकै महत्वपूर्ण मानिन्छ । भिटामिन सि को कमीले कमजोर दाँत र गिजाबाट रगत आउने समस्या हुने गर्दछ । भिटामिन सि को कमीले ‘स्कर्भी’ र ‘जिंजिविटस’ हुने गर्दछ । कागतीको बोक्रामा सिट्रिक एसिड अत्यधिक हुने भएकाले यसले भिटामिन सिको कमीबाट हुने हानीलाई भरपाइको मद्दत गर्दछ । यसले दाँत र गिजासँग सम्बन्धित रोगलाई पनि टाढा राख्दछ ।

४. तौल घटाउँछ– कागतीको बोक्राले तौल घटाउनमा पनि मद्दत गर्दछ। यसमा पेक्टिन नामको तत्व पाइने गर्दछ जसले शरिरमा जमेको अनावश्यक बोसोलाई घटाउने काम गर्दछ । यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने कागतीको बोक्राको अवश्य सेवन गर्नुहोस् ।

५. सुन्दर छाला– एक्ने, पिग्मेन्टेसन र गहिरो निशानाबाट बाट बच्नका लागि कागतीको बोक्रा लाभदायक हुने गर्दछ । यसका पाइने फ्री–रेडिकल्सले यो प्रक्रियामा निकै महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट्सले छालालाई डिटक्सिफाई गर्ने गर्दछ जसले तपाईंको छाला स्वस्थ र चम्किलो हुने गर्दछ ।

६. हड्डी बलियो बनाउँछ– कागतीको बोक्राले तपाईंको हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुने गर्दछ जसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस । रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ ।

७. अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्छ– अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।

८. टक्सिन हटाउँछ– हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ ।

९. क्यान्सरसँग लड्छ– यो विषयमा धेरै थोरै मानिसहरुलाई जानकारी छ तर कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ। यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।

१०. अन्य फाइदा– यसका साथसाथै कागतीको बोक्राले कलेजोर्ला पनि सफा राख्छ, कानको संक्रमणलाई टाढा राख्छ, रक्त प्रवाहलाई सुचारु गर्दछ, मांसपेशीलाई बलियो बनाउँछ र यसले पक्षघातलाई पनि टाढा राख्नमा मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर