क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु — OSNepal

क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

LC (KTM) December 29, 2021 0

क्यालिफोर्निया, १४ पुस – क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने बारेमा प्रष्ट खुलेको छैन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका चार ओटा शव फेला पारेका छन् ।

विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ । सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ ।

सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर