खच्चडको माध्यमबाट खाद्यान्न — OSNepal

खच्चडको माध्यमबाट खाद्यान्न

Kesh Karki (USA) August 28, 2021 0

बाढीपहिराका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो ।खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो । स्थानीयवासीलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउण्डेशनको सहयोगमा घुमाउरो बाटो सहारामार्फत खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

कास्कीको पोखराबाट म्याग्दीको बेनी–मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको उहाँले बताउनुभयो । पोखरा–बेनी–मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाईको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो ।अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका सात घरधुरीसहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउण्डेशनको सहयोगमा सामग्री विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

यहाँका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ । घुमाएर ल्याइएको खाद्यान्न सामग्री पाउँदा स्थानीयवासी हर्षित भएका छन् । माथिल्लो मनाङमा लामो समयदेखि खाद्यान्न अभाव टार्न थोराङ्ला पास गरी ल्याउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर