खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रमको खोजि गर्न कुकुर परिचालन गरियो — OSNepal

खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रमको खोजि गर्न कुकुर परिचालन गरियो

LC (KTM) November 23, 2021 0

कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न एक्सपर्ट डग ९कुकुर० परिचालन भएको छ । शिवराज नगरपालिका(५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । ससुराल जाने भन्दै मोटरसाइकल लिएर बुद्धभूमि(४ बुड्ढी पुगेका पौडेल सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटाले खोज तलास सुरू गरेको थियो ।

प्रहरीले पौडेल सवार मोटरसाइकल र प्रयोग गर्दै आएको मोबाइल बुद्धभूमि(९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहानदेखि तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर नेपालगन्जबाट ल्याएर खोज्ने काम सुरू गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । खोजतलास गर्न ल्याइएको कुकुर मान्छे खोज तलास गर्ने कार्यको लागि तालिम प्राप्त रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर