खुटिया नदीमा आएको बाढीले बगाउँदा गणेश बेपत्ता,गोताखोरसहितको टोली घटनास्थलमा — OSNepal

खुटिया नदीमा आएको बाढीले बगाउँदा गणेश बेपत्ता,गोताखोरसहितको टोली घटनास्थलमा

LC (KTM) October 18, 2021 0

कैलाली, १ कात्तिक- नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ विष्टले बताउनुभयो । बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर