खेतमा धान काटिरहेको समयमा एक्कासी ९ जनालाई अरिङ्गालले टोक्यो — OSNepal

खेतमा धान काटिरहेको समयमा एक्कासी ९ जनालाई अरिङ्गालले टोक्यो

LC (KTM) October 18, 2021 0

अर्घाखाँची अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर