खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १६ वर्षका अमृतको मृत्यु — OSNepal

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १६ वर्षका अमृतको मृत्यु

LC (KTM) January 12, 2022 0

चौतारा । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नं.७ पाखर खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
बुधबार दिउँसो पौने चार बजेको समयमा १६ वर्षका अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बिजुलीको पोल बाट हुक लगाई डाइरेक्टर लाइन तानी करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक्कासि करेन्ट सर्ट हुँदा तामाङको मृत्यु भएको हो । मृतक तामाङसँगै सात वर्षका बुद्ध तामाङ पनि खोलामा माछा मार्न गएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि : अर्घाखाँची अस्पतालमा कोभिडका बिरामी शून्य : कुनै समय थियो, अर्घाखाँची अस्पताल कोभिडका बिरामीले भरिभराउ हुन्थ्यो । अस्पतालमा बेड पाउनु पनि एक खालको युद्ध जिते जस्तै हुन्थ्यो । लौन मेरा बिरामीको लागि बेड मिलाइदिनुपर्‍यो भनेर फोन उठान भ्याई नभ्याई हुन्थ्यो अस्पतालका कर्मचारीहरूलाई ।

तर, अहिले अवस्था बदलिएको छ । कोभिडका बिरामीले भरिभराउ हुने अस्पताल सुनसान छ । कोभिडको जोखिमका कारण सामान्य बिरामी सकेसम्म अस्पताल आउन खोज्दैनन् भने कोभिडका बिरामी अर्घाखाँचीमा कम देखिएका छन् ।

आज मात्रै अर्घाखाँचीमा कोभिडका १४ जना नयाँ संक्रमित थपिएका छन् । विगत १५ दिन यता अर्घाखाँची अस्पतालमा कुनै पनि कोभिडका बिरामी भर्ना भएका छैनन् ।

अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम रानाका अनुसार हालसम्म अर्घाखाँची अस्पतालमा ९ सय २१ जना कोभिडका बिरामी भर्ना भएका छन् । जसमध्ये ८ सय ४७ जना निको भएर घर फर्किएका छन् भने ५० जनालाई रिफर गरिएको छ ।

उपचारको क्रममा हालसम्म अर्घाखाँची अस्पतालमा २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर