गठवन्धनको सरकारलाई ओलीको खवरदारी -'प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं' — OSNepal

गठवन्धनको सरकारलाई ओलीको खवरदारी -‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं’

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताएका छन् ।

आज आइतबार तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफु सरकारर बाट हटेसँगै दमन सुरु भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारबाट हटेको भोलीपल्टबाट स्काउट जस्ता संस्थालाई चल्न नदिएको आरोप लगाएका अ‍ोलीले कार्यक्रममा अहिलेको गठवन्धन सरकारलाई खवरदारी गर्दै भने, प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं ।’

स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भएको भन्दै ओलीले दमन सुरु भइसेकेको बताएक छन् ।

भद्दा राजनीतिकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र भएको बताएका ओलीले अघि भनेका छन्, दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

यस्ता कदम सच्याउन सरकारलाई खवरदारी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर