गण्डकीमा एक हप्तामा १४१ जना सङ्क्रमित थपिए, छ जनाको मृत्यु — OSNepal

गण्डकीमा एक हप्तामा १४१ जना सङ्क्रमित थपिए, छ जनाको मृत्यु

LC (KTM) November 21, 2021 0

गण्डकी, ५ कात्तिक -गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६५ जना सङ्क्रमणमुक्त भएका छन् भने छजनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा १४१ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जना सङ्क्रमणमुक्त भएको र ३१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा कास्कीका ३०, तनहुँ र बाग्लुङका तीन÷तीन, स्याङ्जाका दुई, मुस्ताङ, पर्वत र गोरखाका एक÷एकजना रहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर