गण्डकी प्रदेशमा एकैदिन २६५ जनाले जिते कोरोना — OSNepal

गण्डकी प्रदेशमा एकैदिन २६५ जनाले जिते कोरोना

LC (KTM) November 22, 2021 0

गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६५ जना सङ्क्रमणमुक्त भएका छन् भने छजनाको मृत्यु भएको छ ।

एक हप्ताको अवधिमा १४१ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जना सङ्क्रमणमुक्त भएको र ३१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार थपिनेमा कास्कीका ३०, तनहुँ र बाग्लुङका तीन÷तीन, स्याङ्जाका दुई, मुस्ताङ, पर्वत र गोरखाका एक÷एकजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर