गयो ६.० म्याग्निच्युडको भूकम्प — OSNepal

गयो ६.० म्याग्निच्युडको भूकम्प

LC (KTM) November 30, 2021 0

हङकङ, १४ मङ्सिर, -पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। १०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित-स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । अघिल्लो पटक स्विडेनको संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको थियो । तर उहाँलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँले एक दिनमै राजीनामा दिनु परेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँको बजेट संसद्बाट पारित नहुने भएपछि उहाँले राजीनामा दिनु भएको थियो ।त्यसअघि अर्थमन्त्री रहनु भएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर