गरिमा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुला — OSNepal

गरिमा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

LC (KTM) December 02, 2021 0

काठमाडौं, १६ मंसिर-गरिमा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ दरको १० लाख कित्ता आठ दशमलव ७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गरेको हो । उक्त ऋणपत्रको अवधि सात वर्ष रहनेछ । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । बाँकी ६० करोड रुपैयाँ बराबरको छ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बैंकको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गरेको छ । फन्डमा लगानीकर्ताले न्यूनतम २५ देखि एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ । सो ऋणपत्र खरिदका लागि छिटोमा २० मंसिरसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि १ पुससम्म लम्बिनेछ। फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । गरिमाको यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर