गाई दुहुदा दुहुदै चरा उडे झै गोठमाथिबाट गाडी खस्यो, कास्कीको बस दुर्घटनाका प्रत्यक्षदर्शीले यस्तो भने — OSNepal

गाई दुहुदा दुहुदै चरा उडे झै गोठमाथिबाट गाडी खस्यो, कास्कीको बस दुर्घटनाका प्रत्यक्षदर्शीले यस्तो भने

LC (KTM) November 30, 2021 0

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरमा यात्रु बस दुर्घटना भएको छ । सो दुर्घटनामा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पाउँदुरस्थित जुमकाजी विकको घर नजिकै बस दुर्घटना भएको हो । बस पिल्टएर सडक भन्दा करिब ३० मिटर तल पुगेको छ ।

कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुर्घटनाका घाइतेलाई उद्धार गरि पोखराको फिस्टेल अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

फिस्टेल अस्पतालमा उपचाररत बस चालक पाल्पा घर भएका ४६ वर्षका भूपेन्द्र खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रत्यक्षदर्शीहरुका अनुसार बस दुर्घटना हुने बेला माया बिकले गाइ दुहुदै थिईन् । सोहि बेला माथिबाट बस चरा उडेझै गरि खस्यो र ४ बल्ड्याङ खाई रुखमा अडियो, दुर्घटनाका कारण गोठ र ट्वाइलेटमा क्षति भएपनि मायाको अवस्था सामान्य रहेको जनाइएको छ ।

बसमा सबार यात्रुहरुले भने ड्राइभर निदाएका कारण दुर्घटना भएको दावी गरेका छन् । उनिहरुले बुटवलबाट गाडी हिड्दा देखि नै ड्राइभर मानसिक तनावमा जस्तो देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर