गाई-भैसिको सुत्केरी भत्तालाई निरंतरता ,६८३ किसानले लगे सुत्केरी भत्ता — OSNepal

गाई-भैसिको सुत्केरी भत्तालाई निरंतरता ,६८३ किसानले लगे सुत्केरी भत्ता

LC (KTM) July 01, 2021 0

हल्दिवारी- हल्दिवारी गाउँपालिकाले गाई भैसी-सुत्केरी भए बापत दिदै आएको सुत्केरी भत्तालाई निरंतरता दिदै १०औं गाउँसभाले अनुमोदन समेत गरेको छ ।किर्तिम गर्भधारण गरिएका गाई-भैसिको हल्दिवारीले विगत ३ बर्षदेखी सुत्केरी भत्ता बापत १ हजार किसानलाई दिने गरेको हो ।

किर्तिम गर्भधारण गरि उन्नत जातका गाई भैंसीबाट दूध उत्पादन गरि किसानलाई आत्मनिर्भर गर्न गाउँपालिकाले पशुशाखा मार्फत किसानलाई प्रोत्साहन स्वरुप नगद १ हजार दिने गरेको कृषि तथा पशुशाखा प्रमुख सानुमाया श्रेष्ठले बताउनु भयो ।उनका अनुसार चालू आर्थिक बर्ष २०७७/०७८ मा मात्र ६८३ गाई -भैंसीको सुत्केरी भत्ता बापत ६ लाख ८३ हजार रुपैयाँ किसानले लगेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर