गायक प्रनय क्याडी श्रेष्ठको 'तोरी पेली तेल'ले पायो उत्कृष्ठ पप गीत डायस्पोरा अर्वाड — OSNepal

गायक प्रनय क्याडी श्रेष्ठको ‘तोरी पेली तेल’ले पायो उत्कृष्ठ पप गीत डायस्पोरा अर्वाड

LC (KTM) January 08, 2022 0

काठमाडौँ । गायक प्रनय क्याडी श्रेष्ठले चर्चित गीत तोरी पेली तेलबाट उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन् । जिवन्त नेपाल म्यूजिक अवार्डले एक समारोहकाबिच गायक श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेको हो । गायक श्रेष्ठ लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन् ।

एकपछि अर्को गीत बजारमा ल्याइरहेका गायक श्रेष्ठ र गायिका बेनिशा पौडेलको स्वर रहेको तिमीलाई देखेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ ।
क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् । रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर