गायक विजय शङ्खरको ‘ओके छ त’ मा सुधिर श्रेष्ठ र सुनिशाको रोमान्स — OSNepal

गायक विजय शङ्खरको ‘ओके छ त’ मा सुधिर श्रेष्ठ र सुनिशाको रोमान्स

LC (KTM) January 14, 2022 0

गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा कुशल सिंहले सङ्गीत संयोजन गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा स्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले, कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गर्नुभएको छ ।

गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर