गायिका बुनु श्रेष्ठले ल्याइन् ईश्वर दर्शन बोकेको सन्देश मुलक गीत 'प्रभु नाम', हेर्नुहोस् भिडियो — OSNepal

गायिका बुनु श्रेष्ठले ल्याइन् ईश्वर दर्शन बोकेको सन्देश मुलक गीत ‘प्रभु नाम’, हेर्नुहोस् भिडियो

LC (KTM) November 22, 2021 0

काठमाडौँ । गायिका बुनु श्रेष्ठको स्वरमा रहेको प्रभु नाम जप बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतका शब्द डा। गोविन्द टण्डनका हुन् भने भिडियोमा गायिका स्वयम देखिएकी छिन् । सजल न्यौपानेको लय बिएन निराकारको संगीत रहेको गीतको रेकर्ड प्रभु पाख्रिन तमाङले गरेका हुन् ।

सार्वजनिक गीतको मिक्सिङ्ग र मास्टरिङ्ग महेश्वरमान राजभण्डारीले गरेका हुन् । गीतको छायांकन, सम्पादन र कलरिगं पशुपति श्रेष्ठको रहेको छ । आध्यात्मिक शैलीमा बनेको गीतले श्रोता तथा दर्शकको मन जित्नेमा गायिका श्रेष्ठ आसावादी छिन् ।

ईश्वर दर्शन बोकेको सन्देश मुलक गीतले कसैको मनलाई सुकर्ममा लगाउन सके, मेहनेतको उचित फल पाउने गायिका श्रेष्ठले बताइन् । परम्परागत शैली भन्दा फरक धारमा बनाइएको यस गीतलाई सबैले सुनेर शेयर गरेर सफल पार्नका लागि गायिका श्रेष्ठले सबैलाई अनुरोध गरेकी छिन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर