गुण्डाका नाइके अभिषेक गिरी फेरी बिराटनगर कारागार आउने भएपछि कैदीहरुको असन्तुष्टि — OSNepal

गुण्डाका नाइके अभिषेक गिरी फेरी बिराटनगर कारागार आउने भएपछि कैदीहरुको असन्तुष्टि

LC (KTM) November 20, 2021 0

गुण्डाका नाईके मानिएका अभिषेक गिरी जिल्ला कारागार मोरंगमा पुनः आउने भएपछि यहाँका कैदीबन्दीहरुले आपत्ति जनाएका छन् । उनीहरुले गुण्डाका नाईके गिरीलाई जसरी भए पनि बिराटनगर आउन नदिने बताएका छन् । राजनितीक आडमा कारागार भित्रै गुण्डा गर्दी गर्दै आएका गिरीलाई बिराटनगर ल्याईने भए पछि कैदीहरुले रोक्ने तयारी गरेका हुन् ।

पहिला बिराटनगरमै रहेका उनी १७ दिनपछि पुनः विराटनगर सरुवा हुने भए पछि कारागारमा खैलाबैला भएको हो । गिरीलाई चार वर्षअघि विराटनगरबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो । त्यस्तै गत कात्तिक १६ गते विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रवेश गर्न नदिएपछि सोही दिन जिल्ला कारागार सप्तरी पठाइएको थियो । सप्तरी सरुवा भएको १७ दिन नबित्दै उनलाई राजनितीक आडमा विराटनगर सरुवा गरिएको हो ।

उनले नेपाली कांग्रेसका नेताहरुको आडमा आफ्नो सरुवा गराएको बताईएको छ । जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलले गिरीलाई मोरङ पठाउने निर्णय सहितको पत्र आइपुगेको बताए । हिजो बेलुका कारागार व्यवस्था विभागले गिरीलाई विराटनगर स्थानान्तरणको निर्णय गरेको पत्र पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर