गैरआवासीय नेपाली तिमल्सेना लन्डनमा सम्मानित — OSNepal

गैरआवासीय नेपाली तिमल्सेना लन्डनमा सम्मानित

LC (KTM) January 13, 2022 0

लन्डन, २९ पुस – धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ ।

समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको सेवाका लागि एक कार्यक्रम गरी सम्मान गरेको हो । सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र नभएर समस्त बेलायत र नेपालकै हितका लागि अहोरात्र च्यारिटी कार्य गरेको बताउँदै तिमल्सेनालाई सल्लाहकारका रुपमा पाउनु समाजका लागि ठूलो सम्पत्ति भएको बताए ।

तिमल्सेनाले सम्मान गरेकामा समाजप्रति आभार व्यक्त गर्दै यसले आफ्नो निस्वार्थ समाजसेवामा थप प्रेरणा मिल्ने बताए । झण्डै दुई दशकदेखि लन्डनमा बसोबास गर्दै आएका तिमल्सेना एनआरएनए युरोप उपसंयोजक हुन् । उनी बेलायत र नेपालमा कयौं व्यवसाय र संघसंस्थामा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर