गोर्खा इको प्यानल र भक्तपुर फुटबल क्लववीच सहमति — OSNepal

गोर्खा इको प्यानल र भक्तपुर फुटबल क्लववीच सहमति

LC (KTM) January 11, 2022 0

काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि (गोर्खा इको प्यानलको उत्पादनकर्ता) र भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । भक्तपुरको फुटबलको विकासमा सहकार्य गर्नुका साथै एकअर्कावीचमा सहयोग आदानप्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा गोर्खा इको प्यानलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र भक्तपुर एफसीकोतर्फबाट अध्यक्ष राम प्रजापतिले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर अनुसार अव गोर्खा इको प्यानलले भक्तपुरको लिवालिमा रहेको भक्तपुर फुटबल क्लबको भौतिक संरचनागत विकासमा सहयोग गर्नेछन् । त्यस अनुसार फुटबल क्लवमा विभिन्न भौतिक संरचना निर्माणमा इको प्यानलले सहयोग गर्ने भएको हो । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिर पार्टेशन वालको रुपमा प्रयोग गरिने नयाँं निर्माण सामाग्री हो ।

गोर्खा इको प्यानल र भक्तपुर फटवल क्लबबीच यसअघिदेखि नै सहकार्य हुँंदै आएको छ । समय र आवश्यकता अनुसार यसअघि दुईपक्षवीच सहकार्य हुँंदै आएकोमा अव आधिकारिक रुपमै एकमुष्ट एकवर्षका लागि सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

गोर्खा इको प्यालनका सीईओ कवांले भक्तपुरकै कम्पनी रहेको र भक्तपुरको फुटबलको विकासमा एउटा भए पनि इटा थप्ने मनसायका साथ समझदारीपत्रमा हस्ताक्षर गरेको जनाए । आफूहरुको सानो सहयोगले पनि भक्तपुरको फुटबलको विकासमा थोरै भए पनि योगदान हुने विश्वास उनले लिए । समझदारी पत्रको समयसिमा एक वर्षको रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर