ग्लोबल आइएमई बैंक कुश्मा शाखाले केक काटेर मनायो १५ औँ बार्षिकोत्सक, हेर्नुहोस् यी दृश्यहरु — OSNepal

ग्लोबल आइएमई बैंक कुश्मा शाखाले केक काटेर मनायो १५ औँ बार्षिकोत्सक, हेर्नुहोस् यी दृश्यहरु

LC (KTM) January 03, 2022 0

काठमाडौँ । ग्लोबल आइएमई बैंक कुश्मा शाखाले १५ औँ बार्षिकोत्सक धुमधामले सम्पन्न गरेको छ । आइतबार स्थापना दिवसको अवसरमा कुश्मा शाखाले केक काटेर वार्षिकोत्सब मनाएको शाखा प्रबन्धक प्रकाश शर्माले जानकारी दिए ।

सो अवसरमा प्रबन्धक शर्माले कुश्मा शाखाबाट बैँकले नाफामुखी भन्दा पनि सेवामुखी भावनालाई आत्मसात गरेको बताए । साथै ग्लोबल आइर्एएमईले मालपोत कार्यालय कुश्मामा रहेको एक्स्टेन्सन काउन्टरमा पनि आफ्नो १५ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मालपोत कार्यालयका प्रमुख मुकुन्द लामिछानेले बैँकले राजश्व संकलनमा सहजता प्रदान गरेको बताए । दुवै कार्यक्रमको संचालन कुश्मा शाखाका कर्मचारी रामनारायण लामिछानेले गरेका थिए । यसैबिच ग्लोबल आइएमई बैंक आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ।

काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन्। यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर