घरमै कसरी बनाउने मिठो बर्गर ? गाह्रो छैन स्वाष्टि बनाएर खानुहोस् (बनाउने विधि) — OSNepal

घरमै कसरी बनाउने मिठो बर्गर ? गाह्रो छैन स्वाष्टि बनाएर खानुहोस् (बनाउने विधि)

LC (KTM) November 17, 2021 0

काठमाडौँ । विभिन्न मिठो परिकार खानका लागि रेष्टुरेन्ट जाने गरिन्छ । अझ बालबालिकाका लागि नौलो र मिठो परिकार खुवाउन चाहनेहरु अक्सर रेष्टुरेन्ट जाने गर्छन् । तर, रेष्टुरेन्टमा पाइने स्वादिष्ट परिकार कति स्वस्थ छ ? भन्ने प्रश्न पनि सँगसँगै आउने गर्छ । यसर्थ थोरै समय निकालेरै घरमा विभिन्न परिकार बनाएर खान सकिन्छ । यसैलाई मध्यनजर गर्दै यहाँ बर्गर बनाउने तरिकाबारे जानकारी दिन खोजिएको हो ।

भेज बर्गर
सामग्री : बर्गर ब्रेड ४ वटा, आलु टिक्की ४ वटा, टमाटरको स्लाइस २ वटा, प्याज मसिनो गरी काटेको २ चम्चा, सलाद पात २ वटा, टोम्याटो सस २ चम्चा, चाट मसला आधा चम्चा, चीजको ४ स्लाइस तथा काँक्रा २ टुक्रा ।

आलु टिक्की बनाउने विधि : ६ वटा पाउरोटीका टुक्रालाई मिक्सरमा पिसेर आलुमा अदुवा, हरियो खुर्सानीको पेस्ट तथा नुन हालेर मिक्स गरी टिक्कीको आकार दिने अनि तेलमा डिप फ्राई गर्ने ।

बर्गर बनाउने विधि : बर्गर ब्रेडको बीचमा काटेर दुवै भागमा टोम्याटो सस लगाउने । एकपछि अर्काे गर्दै सलादको पात, टमाटर, प्याजको स्लाइस तथा आलुको टिक्की राख्ने । हरेक स्लाइसको बीचमा चाट मसला छर्कने । त्यसमा स्लाइस चीज राख्ने र माथिबाट काँक्रा, टमाटर र प्याजको स्लाइस राख्ने । चाट मसला छर्केर माथिबाट अर्काे ब्रेडले बन्द गर्ने । टुथपिक लगाएर ओबनमा बेक गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर