घुँडाको चोटका कारण नेयमार दुई महिना मैदान बाहिर रहने — OSNepal

घुँडाको चोटका कारण नेयमार दुई महिना मैदान बाहिर रहने

LC (KTM) November 30, 2021 0

काठमाडौं, १४ मंसिर -ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् ।

२९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर